अब पेट्रोल हाल्दा उल्टो पैसा पाईने

अब पेट्रोल हाल्दा उल्टो पैसा पाईने

लकडाउनले सवारी साधन र उद्योग धन्दा ठप्प हुँदा इन्धन खपतमा आएको गिरावटले अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य पहिलो पटक ऋणात्मक भएको छ ।

पेट्रोलियम पदार्थको खपत नभएपछि विक्रेताहरुले भण्डारण क्षमता कायमै राख्नका लागि क्रेतालाई उल्टै भुक्तानी दिन थालेको बीबीसीले जनाएको छ ।

भण्डारण क्षमता आउँदो मे सम्ममा समाप्त हुने भएका कारण उत्पादकले तेल खरिदवापत क्रेतालाई नै पैसा तिर्न थालेका हुन्।

तेलको माग अत्यन्तै कम भएपछि उत्पादकहरुले ट्यांकरहरु भाडामा लिएर तेल भण्डारण गर्न थालेका छन् । जसका कारण अमेरिकी बजारमा तेलको मूल्य ऋणात्मक भएको हो ।

अमेरिकामा तेलको मूल्य निर्धारण गर्ने वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) मा तेलको मूल्य माइनस ३७.६३ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ ।

सोमवार तेलको मूल्यमा गिरावट देखिनुमा विश्व तेल बजारको प्राविधिक पक्षको पनि भूमिका रहेको विश्लेषण गरिएको छ।