आफु र आफ्नो परिवारको सुख शान्तिको लागि मनकामना मन्दिरको दर्सन गरौ

आफु र आफ्नो परिवारको सुख शान्तिको लागि मनकामना मन्दिरको दर्सन गरौ

मनकामना/ मनोकामना भगवतिगोरखाको मनकामना मन्दिर एक महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो। गोर्खाका राजा राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ। दशैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ। मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यो मन्दिर को पुजारीहरू भने मगर जातीको पिथकोते थरको हुने पाइन्छ। पृथ्वीनारायण शाहको खस र मगर सेनाहरूले लिम्बुवानी सेनालाई हराय पछि यहिं आएर लखन थापा मगरले देवि लाई बलि भेट गरेको थाह पाइन्छ , मनकामना मन्दिर, गोर्खा जिल्लाको सदरमुकामबाट दक्षिणपुर्वी भागमा अवस्थीत छ । यो मन्दिर गोर्खाको सदरमुकामको पोखरीथोक बजारबाट १२ किलोमिटर दक्षिण, तनहुँको आबुखैरेनी देखि ५ किलोमिटर पूर्व र चितवनको मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित छ । समुद्री सतहदेखि १३०३ मिटरको उचाईमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतीर महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपुर्ण हिमाल र मनास्लु हिमालका चुचुराहरु देख्न सकिन्छ । मन्दिर प्रांगणबाट दुवै समयमा सुर्यादय सुर्यास्तको मनमोहक दृष्य देख्न सकिन्छ