६० डिग्री तापमानमा एक घन्टासम्म पनि कोरोनाभाइरस सक्रिय : अध्ययन

६० डिग्री तापमानमा एक घन्टासम्म पनि कोरोनाभाइरस सक्रिय : अध्ययन

कोरोनाभाइरस उच्च तापमानमा पनि कम तापमानमा जस्तै सक्रिय रहने खुलासा भएको छ ।

फ्रान्सका वैज्ञानिकहरुले हालै गरेको अध्ययनले ६० डिग्री सेल्सियसको उच्च तापमानमा पनि यो भाइरस सक्रिय रहने देखाएको छ ।

फ्रान्सको एइक्स मार्सियेले युनिभर्सिटीका प्रोफेसर रेमी शेरलको टोलीले गरेको अध्ययनमा ६० डिग्री सेल्सियस तापमानमा एक घन्टासम्म पनि कोरोना भाइरस सक्रिय रहेको देखाएको छ ।

यसअघि, उच्च तापमानमा कोरोनाभाइरस निस्क्रिय हुने बताइँदै आएको थियो ।

यो अनुसन्धानका लागि सो टोलीले अफ्रिकामा रहेका बाँदरको एक विशेष प्रजातिको मिर्गौला ‘सेल्स’लाई संक्रमित बनाएर अनुसन्धान थालेको थियो ।

ती भाइरसलाई दुईओटा ट्युबमा भिन्दा–भिन्दै तापमानमा राख्दा एकैसाथ सक्रिय रहेको अनुसन्धानबाट खुलेको हो । (एजेन्सी)