पैसा छरेर भाग्ने महिलाले प्रहरीलाई दिय यस्तो बयान

पैसा छरेर भाग्ने महिलाले प्रहरीलाई दिय यस्तो बयान

पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि जनकपुरमा पैसा छरेको आरोपमा पक्राउ परेका दुई महिलालाई प्रहरीले छाडेको छ ।

शुक्रबार जनकपुरको महावीर चोकमा खुद्रा पैसा छरेपछि शनिबार उनीहरु पक्राउ परेका थिए।

पीसीआर परीक्षणमा कोरोना भाइरस नेगेटिभ भएको पुष्टि भएपछि उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

शुक्रबार उनीहरुले जनकपुरको महावीर चोकमा पैसा छरेको सीसीटिभि फुटेजको आधारमा उनीहरुलाइ पक्राउ गरिएको थियो ।

नातामा भाउजु र नन्द पर्ने दुई मुस्लिम महिलाले पैसा छरेको र र्यापिड टेष्टमा समेत नतिजा पोजेटिभ आएपछि स्थानीय त्रसित बनेका थिए ।

तर पीसीआर परीक्षणमा कोरोना नदेखिएपछि उनीहरुलाई छोडिएको छ ।

बैंकबाट पैसा साटेर महावीर चोक पुग्दा प्रहरीलाई देखेर आत्तिएर दौडिन थालेको उनीहरुले प्रहरीलाई बताएका थिए। त्यही क्रममा चानचुन पैसा खसेको उनीहरुले प्रहरीलाई बयान दिएका छन्।