विश्वभर कोरोना संक्रमणबाट एक लाख ६५ हजारको मृत्यु, २४ लाख संक्रमित

विश्वभर कोरोना संक्रमणबाट एक लाख ६५ हजारको मृत्यु, २४ लाख संक्रमित

कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसैगरी २४ लाख ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा ४० हजार ५ सयभन्दा बढीको मृत्यु हुँदा ७ लाख ६४ हजार संक्रमित बनेका छन् ।

दोस्रो स्थानमा रहेको इटालीमा २३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ भने एक लाख ७८ हजार बढी संक्रमित छन् ।

उता स्पेनमा भने मृतकको संख्या २० हजार ६ सय नाघेको छ भने एक लाख ९८ हजारभन्दा बढी व्यक्ति संक्रमणको चपेटमा परेका छन् ।

फ्रान्समा १९ हजार ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या १६ हजार नाघेको छ । 
त्यहाँ १ लाख २० हजार मानिस संक्रमित भएका छन् । फ्रान्समा १ लाख ५२ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् ।

विश्वभर १ लाख ६५ हजारभन्दा बढी मानिसको मृत्यु र २४ लाख ६ हजार व्यक्ति संक्रमित हुँदा ६ लाख २४ हजार व्यक्ति उपचारपछि निको भएर घर पनि फर्किएका छन् ।