बाजुरामा एक जनाको र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ

बाजुरामा एक जनाको र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ

बाजुरामा एक जनाको र्ययापिड टेष्ट रिपोर्ट पोजेटिभ आएको छ ।

बाजुराको त्रिवेणी नगरपालिका–९ का एक स्थानीयलाई आरडीटी टेस्टमा पोजिटिभ देखिएको हो ।

भारतबाट चैत १ गते घर आएकाहरुमा पोजिटिभ रिपोर्ट देखिएको हो ।

आइतबार नगरपालिकामा गरिएको आरडीटी टेस्टमा सुरुमा दुई जनामा पोजिटिभ रिपोर्ट आएको भए पनि दुबै जनाको दोहोर्‍याएर जाँचगर्दा १८ वर्षीय युवामा नेगेटिभ रिपोर्ट आएको भए पनि ६० वर्षीयमा भने पोजिटिभ रिपोर्ट नै आएको त्रिवेणी नगरपालिकाका स्वास्थ्यसंयोजक चीरञ्जीव साहले जानकारी दिए ।

उनका अनुसार ताम्सु घर भएका उनलाई प्रहरीले सदरमुकाम मार्तडी लगेको छ ।

जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उनको थ्रोट स्वाब संकलन गरेर नमुना परीक्षणका लागि धनगढी पठाइने छ ।