भरतपुर र गैडाकोटको विभिन्न ठाउँमा आज बिधुत अवरुद्ध हुने

भरतपुर र गैडाकोटको विभिन्न ठाउँमा आज  बिधुत  अवरुद्ध हुने

नेपाल बिधुत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार आज विहान ९ बजे देखि दिउँसो साढे एक बजे सम्म भरतपुर र गैडाकोटको विभिन्न ठाउँमा बिधुत अवरुद्ध हुनेछ । भरतपुर सव स्टेशनमा जडित ११ के.भी. प्यानलवोर्ड तथा ब्रेकरहरु मर्मत गनुपर्ने भएकाले सो सव स्टेशनवाट सप्लाइ हुने फिडरहरु नारायणगढ, भृकुटी पथ , हस्पिटल रोड , कल्याणपुर, भरतपुर–१, भरतपुर–२, औद्योगिक क्षेत्र –१, औद्योगिक क्षेत्र –२ र गौडाकोट फिडरहरुवाट बिधुत आपुर्ति हुने छैनन । यद्धपी तोकिएको समय अगावै मर्मत काम सम्पन्न भएमा साढे १ बजे अघिनै विद्युतसुचारु हने प्राद्यीकरणले जनाएको छ ।