कोरोनाभाइरसले बेलायतमा थप एक नेपालीको निधन

कोरोनाभाइरसले बेलायतमा थप एक नेपालीको निधन

कोरोना भाइरसका कारण बेलायतमा अर्का एक नेपालीको मृत्यु भएको छ।

लन्डनस्थित नेपाली समाजले जनाएअनुसार साउथ इस्ट लन्डनमा चार्टर्ड एकाउटेन्ट ध्रुवकुमार श्रेष्ठको निधन भएको हो। उच्चज्वरो र खोकीसहित श्वासप्रश्वासमा समस्या भएपछि १० दिनअघि सेन्ट थोमस अस्पताल लण्डनमा उनलाई भर्ना गरिएएको थियो।