तनहुँमा रूख काटेर बाटो छेक्नेलाई कारबाही

तनहुँमा रूख काटेर बाटो छेक्नेलाई कारबाही

कोरोनाभाइरस रोकथामका लागि भन्दै अहिले गाउँ र शहरमा समेत बाटो बन्द गराएका छन्। स्थानीयले तगारो बनाएर, रूख ढालेर, ढुंगा राखेर अत्यावश्यक सवारीसमेत आवागमनमा अवरोध हुने गरी बाटो बन्द गराएका हुन्।

प्रशासनले यसरी सार्वजनिक बाटो बन्द गराउन नपाउने भनेपनि अधिकाँश गाउँ र शहरका भित्री बाटाहरु बन्द नै छन्।

तनहुँको एउटा सामुदायिक बनमा भने रूख ढालेर बाटो बन्द गराउने ३ जना युवालाई कारबाही गरेको छ।