६ दिनपछि स्वदेश फर्किए भारतीय भूमिमै किरिया बसेका नेपाली

६ दिनपछि स्वदेश फर्किए भारतीय भूमिमै किरिया बसेका नेपाली

महाकालीपारी भारतको धार्चुलास्थित क्वारेन्टाइनमै किरिया बसेका नेपाली आइबार स्वदेश फर्किन पाएका छन् ।

घरमा आमा बितेर भारतस्थित क्वारेन्टाइनमै किरिया बसेका वासुदेव भट्टले ६ दिन पछि स्वदेशको भूमि टेक्न पाएका हुन् । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ स्थित उनको घर भएका उनलाई घर पठाउनु अगाडि उनको जिल्ला अस्पतालमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट किटमार्फत कोरोना भाइरसको परीक्षण गरिने छ ।

आरडीटी परीक्षणको रिपोर्ट आएपछि मात्रै उनलाई घर पठाउने वा क्वारेन्टाइनमा राख्ने भन्ने निर्णय गरिने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण रोक्न भारतले लकडाउनको आदेश जारी गरेपछि भट्टसहित सयौंको संख्यामा स्वदेश फर्किन आएका नेपालीहरु महाकाली पारी भारतीय भूमिमा रोकिएका थिए ।

सीमापारी भारतीय भूमिमै अलपत्र परेको अवस्थामा घरमा भट्टकी आमाको मृत्यु भएको थियो ।