तलब कटौती गर्ने चेल्सीकाे तयारी

तलब कटौती गर्ने चेल्सीकाे तयारी

कोरोना भाईरसको संकटलाई मध्ये नजर गर्दै इंग्लिस क्लब चेल्सीका खेलाडीहरुले तलब कटौती गर्ने भएका छन् ।

तलब कटौती गर्ने बिषयमा चेल्सीका खेलाडीहरु छलफल गरिरहेको स्काई स्पोर्ट्सले जनाएको छ ।

चेल्सीका खेलाडीहरु १० प्रतिशत तलब कटौतीका लागि छलफल गरिरहेको बताईएको छ ।

चेल्सीका निर्देशक मारिना ग्रनोभास्किया र कप्तान सेजर सेजर एजपिलीक्वेटाबीच छलफल चलिरहेको बताईएको छ ।

कोरोना भाईरसको कारण क्लबको आर्थिक संकटलाई मध्ये नजर गर्दै प्रिमियर लिग क्लबले खेलाडीलाई ३० प्रतिशत तलब कटौतीका लागि आग्रह गरेको छ । तर, इंग्ल्यान्डका कुनै पनि क्लबका खेलाडीले तलब कटौती गरेका छैनन् ।

स्पेनिस क्लब रियल मड्रिड, बार्सिलोना, जर्मनीका वायर्न म्युनिख, बोरुसिया डर्टमण्ड लगायतका क्लबका खेलाडी भने तलब कटौतीका लागि सहमत भईसकेका छन् ।

कोरोनाको कारण प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित गरिएको छ । लिग पुन: सुचारु हुने मिति अझै तय भएको छैन ।

लिगका केहि क्लबको १० र केहीको ९ खेल खेल्न बाँकी रहेको छ । इंग्ल्यान्डमा आगामी मे ७ सम्म लकडाउन गरिएको छ ।