मलेसियामा रहेका ३ नेपालीमा पनि कोरोना भाइरसको संक्रमण

मलेसियामा रहेका ३ नेपालीमा पनि कोरोना भाइरसको संक्रमण

मलेसियामा रहेका ३ जना नेपाली पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

शनिबार थप ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मलेसियामा ३ जना नेपाली पनि संक्रमित भएका हुन् ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार कूल ५ हजार ३०५ जना कोरोना संक्रमितमध्ये ६०१ जना विदेशी नागरिक छन् ।

त्यसमध्ये सबै भन्दाबढी इन्डोनेसिया १०८ जना नागरिक संक्रमित भएका छन् । मलेसियामा शनिबारसम्म कोरोना भाइरसले ८८ जनाको मृत्यु भएको छ ।