भारतमा कोरोनाबाट प्रहरी अधिकारीको मृत्यु

भारतमा कोरोनाबाट प्रहरी अधिकारीको मृत्यु

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण एक प्रहरी अधिकारीको मृत्यु भएको छ ।

पञ्जाबको लुधियानाका एसीपी अनिल कोहलीको कोरोना भाइरसको कारण शनिबार मृत्यु भएको हो । उनको ओपोलो अस्पतालमा उपचार भइरहेको थियो।धियानाकै एसपीएस अस्पतालमा प्लाज्मा थेरापी दिने तयारी हुँदा उनको मृत्यु भएको हो । पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले एसीपी अनिल कोहलीको मृत्युमा दुःख व्यक्त गरेका छन् ।