स्पेनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

स्पेनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

एजेन्सी,चैत २०-

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या स्पेनमा १० हजार नाघेको छ। बिहीबार दिउँसोसम्म स्पेनमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार तीन पुगेको छ भने १ लाख १० हजार २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको महामारीले यतिबेला युरोप र अमेरिकामा भयावह रुप लिएको छ। अमेरिकामा हालसम्म २ लाख १५ हजार भन्दा बढी संक्रमित बनेका छन् भने ५ हजार १ सय १२ जनाको मृत्यु भएको छ।