पाटन अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु, कोरोनाको आशंकामा नमूना परीक्षण थालियो

पाटन अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु, कोरोनाको आशंकामा नमूना परीक्षण थालियो

पाटन अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा भर्ना भएका एक बिरामीको मृत्यु भएपछि कोरोना भाइरस संक्रमणको आशंकामा नमूना परीक्षण गर्न थालिएको छ ।

गम्भीर बिरामी भएर आइतबार पाटन अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका ३५ वर्षीय युवकको आइतबार राति नै मृत्यु भएको थियो । धादिङ घर भएका उनी केही दिन अगाडि भारतबाट आएका जनाइएको छ ।

पाटन अस्पताल स्रोतका अनुसार उनी आइतबार दिउँसो अस्पताल भर्ना भएका थिए । अवस्था गम्भी भएका कारण आईसीयूमा राखेर उपचार थालिए पनि उपचारकै क्रममा मृत्यु भएको हो ।

अस्पताल प्रशासनले उनमा कोरोना संक्रमणको आशंका गर्दै नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको छ ।