लकडाउन लम्बिने पक्का

१६ चैत, काठमाडौं । सरकारले लकडाउनको अवधि लम्ब्याउने भएको छ ।

आइतबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउनको अवधि थप गर्नुपर्ने निश्कर्ष निकालेको हो । तर कति दिन भन्ने टुंगो लगाएको छैन ।

बैठकमा सहभागी एक मन्त्रीले भने ‘लकडाउन लम्ब्याउनुपर्छ भन्ने छलफल भएको छ, कति दिन भन्ने मन्त्रिपरिषदले निर्णय गर्छ ।’

मन्त्रिपरिषद बैठक आइतबार नै चार बजे बस्नेछ ।

यसअघि सरकारले चैत १० गतेदेखि चैत १८ गते विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।