कोरोना भाइरसको संक्रमणबाट इटालीमा ज्यान गुमाउनेकाे संख्या १० हजार नाघ्याे

कोरोना भाइरसको संक्रमणबाट इटालीमा ज्यान गुमाउनेकाे संख्या १० हजार नाघ्याे

युरोपियन मुलुक इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण इटालीमा थप ८८९ जनाको मृत्यु भएको । हालसम्म कोरोना भाइरसको इटालीमा १० हजार २३ जनाले ज्यान गुमाएका छन्।

संक्रमणबाट सबैभन्दा बढी प्रभाबित इटालीको लोम्बार्डी क्षेत्रमा हालसम्म ५ हजार ९ सय ४४ जनाको मृत्यु भइसकेको छ।

इटालीमा संक्रमितको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ।