स्वास्थ्य सामग्री बोकेर चिनियाँ विमान नेपाल प्रस्थान, अन्य सामग्री पनि चाँडै नेपाल आइपुग्ने

स्वास्थ्य सामग्री बोकेर चिनियाँ विमान नेपाल प्रस्थान, अन्य सामग्री पनि चाँडै नेपाल आइपुग्ने

चीनको सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले नेपाललाई दान दिएका स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान काठमाडौं प्रस्थान गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान ग्वाङ्झाओबाट नेपाल प्रस्थान गरिसकेको र छिट्टै आइपुग्ने जानकारी दिएकी छिन् ।

राजदूत यान्छीले नेपाल ल्याउन लागिएका स्वास्थ्य सामग्रीहरु प्याक गरिएका कार्टुनका तस्वीर आफ्नो सामाजिक सञ्जालमा राख्दै जानकारी दिएकी हुन् ।

तस्वीरसँगै उनले त्यसमा सिचुआन प्रान्तीय सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले चन्दा दिएका आपतकालीन सामग्रीहरू, पीपीई, थर्मोमिटरलगायत सामान रहेको जानकारी दिएकी छन् ।

यस्तै चीनको ज्याकमा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले सहयोग गरेको मास्कलगायतका महामारी रोकथाम सामग्रीको पहिलो खोप पनि काठमाडौं आउँदैछ ।

परीक्षण किटहरु पनि छिट्टै आइपुग्ने काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।सबै तस्वीरः नेपालस्थित चिनियाँ दूतावास