कोरोना र लकडाउन

कोरोना र लकडाउन

दिनदिनै झनै त्रास बढ्दै गएको छ । अाज ठिक होला । छ‌ैन । भोलि उढ्दा फेरि नयाँ बिरामी थपियो । कोरोना विश्वभर माहामारिको रुपमा फैलिएको छ । नत अौषधि बनाईहाल्न सहज छ नत कुनै विकल्प निकालेर निर्मुल पार्ननै । विकसित देशहरु घनिभुत लागिपरेका छन् , अनुसन्धानकर्ताहरु खोजिरहेका छन् । परिक्षण भईरहेको पनि छ कोरोना विरुद्धको खोप । छिमेकि देश चिनको वुहान प्रान्तबाट सुरु भएको यसको माहामारि विश्वभर फैलियो । अछुतो रहन सकेन नेपाल ।मानिस मानिस बिचको सम्पर्कबाट सर्ने यस भाईरसले पहिलोत सामान्य रुघा , खोकि र ज्वरोको भुमिका निर्वाहा गर्ने ,पछि गएर भाईरस एक्टिभ भएर शरिरलाई सिथिल पार्दै लैजाने र अन्तमा स्वास – प्रस्वासमा समस्या निम्त्याउने , फोक्सोमा खरावि अाउने , १००.४ डिग्रि फरेनहाईट भन्दा वढि ज्वरो अाउने , निरन्तर खोकि लाग्ने लगायतका लक्षणहरु देखाउने अनुसन्धानमा सक्रिय तथा स्वास्थ्य उपचारमा सक्रिय स्वास्थ्य कर्मि एवं चिकित्सकहरुले बताएका छन् । चिनले उपचारमा थोर‌ै कसुर पनि नराखि हाल संङ्क्रमित संख्या घटाउदै लगेको छ । उता ईटालिमा माहामारि नियन्त्रण बाहिर गएको छ । स्पेन पनि सिथिल हुँदै गएको छ तर उसले यो हप्ता निर्णयाक हप्ता भनेको छ । प्रिय मन । जता हेर्यो उतै हृदयविदारक दृश्य र समाचारहरु अाईरहेका छन् । मन त वेस्सरि अत्तालिएको छ । दुरिमा रहनु नै यसबाट हुनसक्ने सङ्क्रमणबाट जोगिने उपाए हो । हो , सब‌ै यहि भन्छन् । र हो पनि । बिस्तारै टाढिदै जादा सम्बन्ध पनि टाढिने होकि संकाको पघरि त्यता पनि घुमेको छ । अाज विश्वका अधिकाम्सं देशहरु लकडाउन छन् । र नेपाल पनि । लकडाउन हुदा बाहिर जान हुदैन भनेर घरमै बसिरहदा पनि बिरक्त लागिसकेको छ । समय कसरी बिताउने अाम जनमानसमा प्रश्न उब्जिएको छ । मेरो मनमा जस्तै तिम्रो मनमा पनि अनेकन प्रश्नहरु उब्जिएका पक्का होलान् । कोरोनाको सङ्क्रमण नभए बाचिन्छ अन्यथा मरिन्छ भन्ने अाम मानविय सोच परिवर्तन हुनु जरुरि छ । कोरोनाको सङ्क्रमण हुदैमा मरिने होईन , रोगलाई जित्न नसकेमात्र हो । अाफु कमजोर हुँदै गए र अाफ्नो स्वास्थको ख्याल पुर्याउन सकिएन या भनौ सावधानीका उपाएहरु अपनाईएन भने कोरोनाको सङ्क्रमण बढ्न जान्छ । पटक पटक सावुन पानिले मिचि मिचि हात धुनु , खोक्दा वा हाच्छिउ गर्दा कुहुनाले ढाक्नु , माक्सको प्रयोग गर्नु , एक- अर्काको दुरि तीन मिटर राख्नु यसबाट बच्ने उपाएहरु हुन् । त्यसैले अाफैले अाफ्नो ख्याल गर्नु ।यति गरिरहदा पनि भएन भने नजिकैको स्वास्थ्य केन्द्रमा परिक्षण गर्नु । अनि सुनत , तिम्रो गाउँ – घरमा हालसालै विदेशबाट अाउनुभएका कोहि हुनुहुन्छ भने स्थानिय पालिका एवं प्रशासनलाई जानकारि गराउनु , उहाँहरुमा सङ्क्रमण रहन सक्ने हुदा उहाँहरुको स्वास्थ्य चेक जाँच नगरि उहाँहरु स्वास्थ्य हुनुहुन्छ भनिरहन सकिँदैन । यदि उहाँहरुमा माथि उल्लेख गरिएका लक्षणहरु देखा परेमा १४ दिनसम्म क्वारेन्टाइनमा रहनुपर्छ र सङ्क्रमण भए नभएको परिक्षण गर्नु पर्छ । हुनत मैले भन्दा धेरै बुझ्छ्यौ तिमी । संझाईरहनु नपर्ला । अाफै सचेत रहनु नै कोरोनाबाट बच्ने अन्तिम उपाए हो । बाचिराखे पुन भेट भैहाल्छ । स्वास्थ रहनु । खुसि हुनु । लकडाउन सबै मिलेर खोल्नुपर्छ ।