स्पेनमा रहेका चार नेपालीलाई कोरोना संक्रमण

स्पेनमा रहेका चार नेपालीलाई कोरोना संक्रमण

स्पेनमा रहेका चार जना नेपालीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्पेनको क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ ।

अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् र  उनीहरुको त्यहाँस्थित अस्पतालमा उपचार भइरहेको छ । चारै जना संक्रमितहरु पुरुष हुन् ।

तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको र सम्पूर्ण डिटेल दूतावासबाट खोज्ने प्रयास भइरहेको बताइन् ।

संक्रमितको परिचय गोप्य राखिएको छ । संक्रमित र उनका परिवारले घटनालाई बाहिर नल्याउन भनेपछि परिचय गोपय राखिएको स्रोतले बतायो ।

स्रोतका अनुसार पहिलो संक्रमितको एक हप्ता पहिले नै पोजेटिभ देखिएको थियो । अन्य तीन जनाको भने हालै रिपोर्ट आएको हो ।

पछिल्लो समय स्पेनमा कोरोना संक्रमण महामारीका रुपमा फैलिएको छ ।