अतिआवश्यक परेका सवारीलाई मात्रै इन्धन उपलब्ध गराउन आग्रह

अतिआवश्यक परेका सवारीलाई मात्रै इन्धन उपलब्ध गराउन आग्रह

नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएशनले अतिआवश्यक परेका सवारीलाई लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह गरेको छ । सरकारको आग्रहानुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ वितरण गर्न पम्पहरुलाई आग्रह गरिएको एसोसिएशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकाभित्रका पम्प सञ्चालकलाई पनि सोही व्यहोरा पम्पको बाहिर सूचना टाँस गर्नसमेत आग्रह गरिएको छ ।