एसीसी टी–२० क्रिकेटको पहिलो खेलमा शनिबार नेपालले मलेसियासित खेल्दै

एसीसी टी–२० क्रिकेटको पहिलो खेलमा शनिबार नेपालले मलेसियासित खेल्दै

थाइल्यान्डमा शनिबारदेखि आयोजना हुने एसीसी इस्टर्न रिजन पुरुष ट्वेन्टी–२० कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियासँग खेल्दैछ ।

जगत टमाटाको मुख्य प्रशिक्षणमा थाइल्यान्ड गएको नेपाली टोलीले राम्रो सुरुआत गर्ने अपेक्षा गरिएको छ ।

पाँच टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा हुने टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

नेपालले दोस्रो खेलमा आइतबार हङकङसित, तेस्रो खेलमा बुधबार थाइल्यान्डसित तथा अन्तिम खेलमा आउँदो शुक्रबार सिंगापुरसित खेल्नेछ ।

६ टोली रहे पनि ‘कोरोनाभाइरस’को प्रकोपका कारण चीनले भने नाम फिर्ता लिएको थियो ।

यसअघि, शुक्रबार ट्रफी सार्वजनिक गरिएको छ । बैंककमा हुने प्रतियोगिताको पाँच राष्ट्रका खेलाडीबीच ट्रफ्री सार्वजनिक गरिएको हो ।