मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा. ३ख ७८५८ नम्बरको बस भीमफेदीको जुरिखेतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । 

मृत्यु भएकाहरूको पहिचान हुन सकेको छैन । सबै शव सडकमै छोपेर राखिएको छ । बसमा रहेका थुप्रै यात्रु गम्भीर घाइते भएका छन् । प्रहरी र स्थानीय मिलेर उद्दार गरी घाइतेहरूलाई उपचारका लागि भीमफेदी स्वास्थ्यचौकी पठाएका छन् ।