नारायणी ई. पब्लिक स्कुलद्वारा डेङ्गु सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

नारायणी ई. पब्लिक स्कुलद्वारा डेङ्गु  सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

कुनै पनि रोग लागेर उपचार गर्नुभन्दा रोगबाट बच्नु नै बुद्धिमानी ठहर्छ ।

यही अभिप्रायका साथ आज भरतपुर महानगरपालिका ११ स्थित विशाल चोकमा रहेको नारायणी ई. पब्लिक स्कुलद्वारा डेङ्गु रोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरियो ।

११ नं वडा कार्यालयकी वडा सदस्य सीता बमज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्राचार्य वेदराज न्यौपानेज्यूले अध्यक्षता ग्रहण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा जलदेवी स्वास्थ्य केन्द्रका प्रतिनिधि, स्वास्थ्य स्वयंसेविकाहरू, विद्यालयका शिक्षक एवम् विद्यार्थीहरूको उल्लेख्य सङ्ख्यामा उपस्थिति रहेको थियो ।

विद्यालयमा भएको औपचारिक कार्यक्रम पश्चात् विद्यालयका शिक्षक एवम् कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजित गराइएको थियो ।

तत्पश्चात् स्थानीयबासीका घरघरमा गएर सचेतना फैलाउने काम गर्दै पम्प्लेट तथा विभिन्न प्रचारप्रसारका सामाग्री समेत वितरण गरिएको थियो । देशको राजधानी काठमाडौँ लगायत अन्य सहरहरूमा डेङ्गुले महामारीको रूप धारण गर्दै गइरहेको छ ।

यस्तो जटिल वर्तमान सन्दर्भमा महानगरको परिपत्र अनुसार चितवनमा यस्ता किसिमका कार्यक्रम हुनु सकारात्मक रहेको विद्यालयका आधारभूत तह प्रमुख सन्तोष रिमालज्यूले जानकारी दिनुभयो । त्यसैगरी यस्ता कार्यक्रमबाट समाजमा सचेतना फैलिनुका साथै सकारात्मक सन्देश प्रवाह हुने कुरा विद्यालयका परीक्षा प्रमुख एवम् कार्यक्रम संयोजक नवीन बगालेज्यूले बताउनुभयो ।