काभ्रेमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु

काभ्रेमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु

काभ्रेमा पहिरोले घर पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ।

जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४ स्थित चलालगणेशथानमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ६५ वर्षिया लुदुलुङ तामाङ (ठूलीमाया), ४४ वर्षिय मीरबहादुर तामाङ र ४० वर्षिया सावित्री तामाङ रहेको प्रहरीले जनाएको छ।