धरिलो हतियार देखाई नगद लुटपाट गर्ने अटो चालक पक्राउ

धरिलो हतियार देखाई नगद लुटपाट गर्ने अटो चालक पक्राउ


चितवन । चितवनको भरतपुर महानगरपालिका ४ मा रहेको नारायणी मनि ट्रान्सफरमा चारि गरेको आरोपमा प्रहरिले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी घरभई हाल भरतपुरमा डेरा गरि बस्ने ४२ वर्षका मिनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यलय चितवनले आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

मनि ट्रान्सफरको काउन्टरमा पसेर धारिलो हतियार देखाउदै करिव २ लाख ४ हजार २५० नगद लुटिएको भन्दै जिल्ला प्रहरि कार्यलय चितवनमा सुचना पुगेपछि चितवन प्रहरीले शुक्ष्म अध्ययन गरिरहेको थियो ।

घटनाको प्रकृति, घटनामा प्रयोग भएको हुलिया र सिसिटिभि फुटेजको आधारमा आरोपितलाई पक्राउ गर्न प्रहरि सफल भएको हो ।

सिसिटिभि फुटेज पछाउदै जादा निज सुनारलाई घटनामा प्रयोग भएको अटो सहित चौबिसकोटि पक्राउ गरिएको चितवन प्रहरिले जनाएको छ ।

साथै निजको घर खानतलासि गर्ने क्रममा धारिलो हतियार र नगद फेला परेको जनाइएको छ ।

चार्डपर्वमा नजिकिय सगै चोरि डकैतिका घटना पनि बढ्ने हुदा बिशेस ख्गाल गर्न प्रहरीले सम्पुर्णमा अनुरोध समेत गरेका छ ।