जमैका तलवाजले सन्दिपलाई हटायो

जमैका तलवाजले सन्दिपलाई हटायो

नाबालिक माथि जबरजस्ती करणी आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग क्लब जमैका तलवाजले टोलीबाट हटाएको छ ।

सन्दिपविरुद्ध नेपालमा पक्राउ पुर्जी जारी भएपछि टोलीले उनलाई हटाएको हो ।

क्यारेबियन प्रिमियर लिग (सिपिएल) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दिप लामिछाने अब जारी सिजनको सिपिएलका कुनै पनि खेलमा सहभागि नहुने स्पष्ट पारेको छ ।

जमैका तलवाजले भोलि शनिबार ट्रिनबागो नाइट राइडर्स विरुद्धको खेलका लागि तयार पारेको सूचीमा सन्दिपको नाम राखेको छैन ।

क्लबले सम्झौता खारेज गरेपछि अब सन्दिपले तत्काल जमैका छाड्नुपर्ने बताईएको छ ।

नेपाल प्रहरीले सन्दीप विरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ भने नेपाल क्रिकेट एशोसियसनले सन्दीपलाई नेपाली राष्ट्रिय टोलीको कप्तानबाट हटाईसकेको छ ।