नेपाल र केन्याविच आज निर्णायक टी २० खेल

नेपाल र केन्याविच आज निर्णायक टी २० खेल

केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पाँचौं तथा निर्णायक टी २० अन्तराष्ट्रिय क्रिकेट खेल्दैछ ।

राजधानी नैरोवीस्थित जिमखाना क्रिकेट स्टेडियममा आज नेपालले घरेलु टोली केन्याविरुद्ध निर्णायक पाँचौं टी २० अन्तराष्ट्रिय क्रिकेट खेल्न लागेको हो । यो खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजेबाट शुरु हुनेछ ।

५ खेलको श्रृंखलामा दुबै टोलीले अहिलेसम्म भएको चार खेलमा दुई दुई खेल जित्दै श्रृंखला बराबरी अवस्थामा छ । आजको खेलमा जित निकाल्ने टोलीले श्रृंखलाको उपाधि जित्नेछ ।

श्रृंखला अन्तर्गत नेपालले पहिलो खेलमा ५ विकेटको जित हात पारेको थियो भने दोश्रो खेल केन्याले १८ रनल आफ्नो पक्षमा पारेको थियो । यस्तै तेश्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो भने हिजो भएको चौथो खेलमा केन्याले ७ रनको जित निकाल्दै श्रृंखला २–२ को बराबरी अवस्थामा पुर्यायो ।

टी २० श्रृंखला पछि नेपाल र केन्याले तीन एकदिवसीय खेलको श्रृंखला खेल्नेछ । श्रृंखला भदौं १७ गतेबाट शुरु हुनेछ ।