हेटौँडा–९ मा ग्यास बुलेटको ठक्करबाट बाबु छोरीको ज्यान गयो

हेटौँडा–९ मा ग्यास बुलेटको ठक्करबाट बाबु छोरीको ज्यान गयो

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट दुई जनाको ज्यान गएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पशुपतिनगरमा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका बाबु र छोरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

एन एल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटको ठक्करबाट हेटौँडा–९ बस्ने ५५ वर्षीय ईश्वर तामाङ र उहाँकी छोरी अमिना तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बुलेटले रातोमाटेमा जीपलाई पनि ठक्कर दिएको थियो ।

बुलेट चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

यो पनि

दाङमा ‘नेपाल प्रहरीको घुमुवा हुँ’ भन्दै पैसा असुली गर्ने एक जना पक्राउ परेका छन् । 

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अर्जुन थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

‘प्रहरी सहायक निरीक्षक हुँ’ भन्दै पैसा असुली गर्ने मगरलाई घोराही बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।