मुग्लिन नारायणघाट सडकखण्ड सुचारु

मुग्लिन नारायणघाट सडकखण्ड सुचारु

शुक्रबार बिहान ८ः४५ बजेको समयमा नारायणगढ-मुग्लिङ सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित तोपे खोलामा सुख्खा पहिरो झरेर अवरुद्ध भएको सडकमा पहिरो पन्छाइ ११ः१५ बजेबाट गाडी सुचारु भएको छ ।

सडकसँग समन्वय गरी इलाका प्रहरी कार्यालय मुग्लिङ र जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अवरुद्व भएको सडकमा पहिरो पन्छाइ दुईतर्फी सडकमा गाडी सुचारु गरिएको प्रहरीले जनाएको छ ।