तनहुँको दमौलीमा लागेको आगो ४ घण्टापछि निभाइयो, ७ वटा घर जले

तनहुँको दमौलीमा लागेको आगो ४ घण्टापछि निभाइयो, ७ वटा घर जले

तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा लागेको आगो झन्डै चार घण्टापछि केहीबेरअघि निभाइएको छ । 

काठमाण्डौबाट गएको हेलिकप्टर, आठ वटा दमकल, ट्याङ्कर, सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीमा परेर सात वटा घर जलेका छन् । अरू ठाउँमा आगो नफैलियोस् भनेर अरू चार वटा घर डोजर लगाएर भत्काइएको छ । 

आज बिहान साढे १० बजेदेखि दमाैली बजारमा रहेकाे भूपाल हार्डवेयर गोदाममा आगो लागेको थियो ।

आगलागीका कारण मानवीय क्षति नभए पनि अरू क्षतिको विवरण सङ्कलनको काम केही बेरमा सुरु गरिने पनि गैरेले बताउनुभयो ।