रुसले गर्‍यो युक्रेनको अर्को सहरमा मिसाइल प्रहार : आवाशीय क्षेत्र निशानामा

रुसले गर्‍यो युक्रेनको अर्को सहरमा मिसाइल प्रहार : आवाशीय क्षेत्र निशानामा

युक्रेनले रुसको मिसाइल आक्रमणमा कम्तीमा दुई सर्वसाधारणको मृत्यु भएको जनाएको छ। राजधानी किभको पश्चिममा रहेको जोटेमारमा यो आक्रमण भएको हो। अधिकारीहरूका अनुसार आक्रमणको लक्ष्य सहरको एयरबेस थियो, तर नजिकैका आवासीय घर निशानामा पर्‍यो।

युक्रेनको आन्तरिक मन्त्रालयले ट्वीट गर्दै उक्त हमलामा दुई जनाको मृत्यु भएको र १६ जना घाइते भएको जानकारी दिएको छ। टेलिग्राममा सरकारी अधिकारी एन्टोन गेराश्चेन्कोले मृत्यु हुनेको संख्या बढी हुन सक्ने बताए। एक बालकसहित चार जनाको मृत्यु भएको उनको भनाइ छ।

युक्रेनी सरकारको एकाउन्टबाट विष्फोटपछिको भिडियो फेसबुक र टेलिग्राममा शेयर गरिएको छ। भिडियोमा उद्धारकर्मीले भग्नावशेषबाट बाँचेकालाई बाहिर निकाल्ने प्रयास गरिरहेको देखिन्छ। युक्रेनको विदेश मन्त्रालयले रुसले आक्रमण गरेको भवनमध्ये एउटा प्रसूति गृह रहेको बताएको छ। बीबीसी