युक्रेनमाथि रूसी आ,क्र,मण जारी,आ,क्रम,णकाे विरोधमा हजारौँ रूसी नागरिक सडकमा

युक्रेनमाथि रूसी आ,क्र,मण जारी,आ,क्रम,णकाे विरोधमा हजारौँ रूसी नागरिक सडकमा

रुसले  आज दाेस्राे दिन पनि युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण जारी राखेकाे छ।

राजधानी किभमा बिहानैदेखि लगातार विस्फोटकाे आवाज सुनिएकाे छ।

 हालसम्म सेना र सर्वसाधारण गरी १३७ युक्रेनी नागरिकले ज्यान गुमाएका छन्।

युक्रेनमाथि रुसले आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै हजारौँ नागरिक सडकमा ओर्लिएका छन् ।

राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य शहरमा प्रदर्शन भएका छन् ।

  प्रदर्शनहरूका क्रममा अहिलेसम्म १,७०० जनालाई पक्राउ गरिएको छ।

युद्धविरोधी नाराहरू लेखिएका प्लेकार्डसहित हजारौँ मानिस सडकमा रहेको सामाजिक सञ्जालमा राखिएका पोस्टमा देखिन्छ।

यसैबीच, रुसी सेनाले नियन्त्रणमा लिएको भनिएको उक्त हवाई अखडा पुन: आफ्नो नियन्त्रणमा लिएको युक्रेनले दाबी गरेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरूले लड्न जारी राख्ने बताएका छन्।

युद्ध चर्कँदै गएसँगै युक्रेनले आमरूपमा सेना परिचालन गर्ने घोषणा गरेको छ।

देशवासीलाई राष्ट्रको रक्षा गर्न आग्रह गरिएको छ।