सिनेमा रिलिज भएपछि पल शाह पक्राऊ पर्ने

सिनेमा रिलिज भएपछि पल शाह पक्राऊ पर्ने

आजबाट पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ रिलिज हुँदैछ ।

सिनेमामा पल शाह नायक र पूजा शर्मा नायिका छिन् ।

चलचित्रमा पूजा शर्मा र सुदर्शन थापा निर्माता छन् ।

तर, चलचित्र रिलिज हुँदै गर्दा पल शाह पक्राऊ पर्ने बुझिएको छ ।

पल शाहमाथि गायिका समिक्षा अधिकारीले बलात्कारको आरोप लगाएर प्रहरीमा उजूरी दर्ता गराएकी छिन् । यसलाई पल शाहले अस्वीकार गरेका छन् ।

तनहुँ जिल्ला प्रहरी कार्यालयमा ११ फागुनमा दर्ता भएको उजूरीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पल शाह प्रहरीको सम्पर्कमा रहेको र उनी कुनै पनि बेला अनुसन्धानका लागि पक्राऊ गरी हिरासतमा राखिने बुझिएको छ ।

सम्भवतः उनी आज नै पक्राऊ पर्ने बुझिएको छ ।

नायिका पूजा शर्माले चलचित्र सिनेमाघरमा आएको भन्दै एउटा प्रकरणले सिंगो चलचित्रलाई असर गर्न नहुने बताएकी छिन् ।