नारायणगढको लायन्सचोकमा एक युवकको शव फेला

नारायणगढको लायन्सचोकमा एक युवकको शव फेला

भरतपुर महानगरपालिका ३ नारायणगढको लायन्सचोकमा एक वेवारिसे शव फेला परेको छ । लायन्सचोकस्थित शुभम पेट्रोल पम्प अगाडि चौतारामा एक युवकको शव फेला परेको छ ।

आज (सोमाबर) बिहान ११ बजे अन्दाजी २७-२८ वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।

मृतक वेवारिसे सडक मानव हुन सक्ने प्रहरीको अनुमान छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।