एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ

एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा सुनसरी दुहबि नगरपालिका-९ घर भएका २४ वर्षीय मो.ईम्तियाजलाई प्रहरीले पक्राउ गरेको छ ।

बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एटिएम तोडफोड भईरहेको खबर प्राप्त हुनासाथ सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको थियो । उनीबाट १ थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकल बरामत गरेको छ ।

उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो.अनिस हुसेन फरार रहेको र खोजी कार्य रहेकाे प्रहरीले जनाएकाे छ ।