रोल्पामा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु

रोल्पामा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु

अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९ लिउनमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी तीनजना घाइते भएका छन् । पहिराले घर पुरिँदा ४६ वर्षीया प्रतिमा बुढा, १८ वर्षीया सुशिला बुढा र १६ वर्षीया श्यामकला बुढाको मृत्यु भएको हो । घटनामा अन्य तीन जना घाईते भएका छन् ।