अन्तिम खेलअघि नै फ्रान्स र इंग्ल्यान्डसहित चार टिमको अन्तिम १६ मा स्थान पक्का

अन्तिम खेलअघि नै फ्रान्स  र इंग्ल्यान्डसहित चार टिमको अन्तिम १६ मा स्थान पक्का

युरो २०२० मा अहिलेसम्म तीन समूहका खेल सकिएका छन्। ‍तीन समूहबाट समूह विजेता र उपविजेता गरी ६ टिमको अन्तिम १६ मा पुग्ने टुंगो लागिसकेको छ।

तीन समूहका खेल सकिएपछि अन्तिम खेलअघि नै चार टिम र समूह चरणको सबै खेल खेलेको एक टिम गरी थप पाँच टिमले पनि अन्तिम १६ मा स्थान पक्का गरेका छन्।

समूह ‘ए’ बाट स्विट्जरल्यान्डले उत्कृष्ट तेस्रो टिमको रूपमा अन्तिम १६ मा स्थान बनाएको छ। तेस्रो भएको स्विट्जरल्यान्डले ४ अंक जोडेको छ।

समूह ‘डी’ बाट चेक गणतन्त्र र इंग्ल्यान्डले पनि अन्तिम १६ मा स्थान पक्का गरेका छन्। अन्तिम खेल खेल्नुअघि चेक र इंग्ल्यान्डको ४-४ अंक छ।

school
दुवै टिमको अन्तिम खेलअघि कम्तिमा उत्कृष्ट तेस्रो स्थान पक्का भएसँगै अन्तिम १६ मा पुगेका हुन्।

यस्तै समूह ‘ई’ को शीर्ष स्थानमा रहेको स्विडेन र समूह ‘एफ’ को शीर्ष टिम फ्रान्सले अन्तिम खेलअघि अन्तिम १६ मा स्थान पक्का गरेका छन्। दुवै टिमले अन्तिम खेलअघि ४-४ अंक बटुलेका छन्।

फ्रान्स र स्विडेनको पनि अन्तिम खेलअघि उत्कृष्ट तेस्रो टिम हुने पक्का भएकाले अन्तिम १६ मा पुगेका हुन्।

यससँगै ११ टिमले अन्तिम १६ मा स्थान पक्का गरेका छन्।

अब तीन समूहका अन्तिम चरणका खेलपछि अन्तिम १६ मा पुग्ने ५ टिमको टुंगो लाग्नेछ।

अन्तिम १६ मा ६ समूहका शीर्ष २-२ टिम गरी १२ र उत्कृष्ट तेस्रो हुने ४ टिम पुग्ने प्रावधान छ।

अहिलेसम्म अन्तिम १६ मा पुगेका टिमहरू
समूह विजेता : इटाली, बेल्जियम, नेदरल्यान्ड्स
समूह उपविजेता : वेल्स, डेनमार्क, अस्ट्रिया
उत्कृष्ट तेस्रो टिम : स्विट्जरल्यान्ड
अन्तिम १६ मा स्थान पक्का : चेक, इंग्ल्यान्ड, स्विडेन, फ्रान्स

अन्तिम चरणका खेल हुन बाँकी तीन समूहको अंक तालिका