चेकजाच कडाइ हुँदा मुग्लिनमा यात्रुहरु अलपत्र

चेकजाच कडाइ हुँदा मुग्लिनमा यात्रुहरु अलपत्र

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा खुकुलो भएसंगै अन्य जिल्लाबाट पृथ्वीराजमार्ग हुदै काठमाण्डौ उपत्यका भित्रने सवारी साधनको चाप बढेको छ । यात्रुबाहक बसहरुको बढेपछि ट्राफिक प्रहरी कार्यालय मुग्लिनले चेकजाचमा कडाइ गर्दै अनुमति नभएका सवारी साधनहरुलाई काठमाण्डौ प्रवेशमा रोक लगाएको छ । अनुमति नलिएका सावरी साधनलाई मुग्लिनबाट फर्काइए पछि मुग्लिनमा सयौ यात्रुहरु अलपत्र परेका छन ।
बसले दोब्बर भाडा अशुल गरेको गुनासो आए पछि ट्राफिक प्रहरीले कारवाही समेत गरेको छ ।
देशको बिभिन्न भागबाट बिना रोकतोक निर्वाध रुपमा आएका यात्रुबाहक बसहरु मुग्लीनमा आईपुगे पछि रोकिएका थिए । मुग्लिनका स्थानीयहरुले भने यात्रुहरुलाई मुग्लिनमा ओरालेर कोरोना संक्रमणको जोखिम बढाएको भन्दै ब्यवस्तिथ चेकजाच गर्न माग गरेका छन ।