चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका छन् । यो पछिल्लो २४ घन्टाको तथ्यांक हो ।

मंगलबार थपिएका संक्रमितसँगै चितवनमा कुल संक्रमितको संख्या १५ हजार ५५० पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या १४ हजार तीनजना पुगेको छ भने मंगलबार चितवनमा एक जना संक्रमितको मृत्यु भएपछि मृतकको कुल संख्या २७० पुगेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् ।