राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा ५० खेलाडी

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा ५० खेलाडी

राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाईएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार ५० खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

Ads by AdMana.net
प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।

शिशिर लेखि पहिलो पटक टिमको बन्द प्रशिक्षणमा परेका छन् । यस अघि टिममा रहदै आएका अजित भण्डारी टिमबाट बाहिरिएका छन् ।

नेपाली टिमले जुलाई १ (असार १७) गते बाट प्रशिक्षण सुरु गर्ने एन्फाले जनाएको छ ।

एन्फा कम्प्लेक्समा हुने प्रशिक्षणमा सहभागी खेलाडीलाई दुई समूहमा विभाजन गरेर बिहान र बेलुका गरिने एन्फाले जनाएको छ ।

विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरणको बाँकी खेल खेलेर कुवेतबाट स्वदेश फर्किएका नेपाली टिम विश्राममा रहेका छन् ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल विश्वकप छनोटको तेस्रो चरणमा पुग्न असफल भएको थियो ।

दोस्रो चरणको छनोटमा नेपाल चौंथो स्थानमा रहेको थियो ।

तर, एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले परिमार्जन गरेको छनोटको नयाँ नियमसँगै नेपालले सिधै एसियन कपको तेस्रो चरण खेल्ने मौका पाएको थियो । यस अघि चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने नियम रहेको थियो ।

बन्द प्रशिक्षणमा परेका खेलाडीहरु :

अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार,दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा,गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का,नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल,रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखि, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल,सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ