देशभर सामान्य बदली रही केही स्थानमा भारी वर्षाकाे सम्भावना

देशभर सामान्य बदली रही केही स्थानमा भारी वर्षाकाे सम्भावना

मंगलवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, बाग्मति प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्सहित भारी वर्षा साथै प्रदेश १ का केही स्थानमा धेरै मुसलधारे वर्षाको सम्भावना छ ।देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २ र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित मुसलधारे वर्षाको सम्भावना छ ।