स्थानीय जातका गाईको गहुँतले कालो ढुसीबाट बचाउने

स्थानीय जातका गाईको गहुँतले कालो ढुसीबाट बचाउने

स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तित्वले बताउनुभएको छ । श्री गोलोक गोवद्र्धन संरक्षण धाम, वैष्णव युवा परिषद् नेपाल, कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानलगायत संस्थाले आइतबारदेखि भर्चुअल माध्यमबाट शुरु गरेको सात दिने स्थानीय गाईको संरक्षणका लागि गोरक्षा महोत्सवका वक्ताले वैज्ञानिकरूपमा महत्व पुष्टि भएको स्थानीय जातका गाई लोप हुँदै जान लागेकाले संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको हो । पछिल्लो समय फैलन थालेको कालो ढुसीबाट बचाउन लसुन र प्याज पनि उपयोगी रहेको उहाँहरुको भनाइ छ ।

कार्यक्रममा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष स्वामी चैतन्य कृष्णले उच्च रक्तचाप र मधुमेहका रोगीलाई स्थानीय जातको गाईको दूधले फाइदा गर्ने तथा यी गाईमा पाइने कक्र्युमिन नामको तत्वले क्यान्सरलाई ठीक गर्न सहयोग गर्ने बताउनुभयो । प्रकृति र पर्यावरणको संरक्षणका लागि पनि स्थानीय जातको गाईलाई जोगाउनुपर्ने उहाँको भनाइ थियो ।