ग्रिनेड विस्फोट हुँदा पाकिस्तानमा तीन किशोरको मृत्यु

ग्रिनेड विस्फोट हुँदा पाकिस्तानमा तीन किशोरको मृत्यु

इस्लामावाद- पाकिस्तानमा ग्रिनेड विस्फोट हुँदा तीन किशोरको मृत्यु भएको छ ।

खरोटावाद क्षेत्रमा बिहीबार एक माध्यामिक विद्यालय नजिकै भएको एउटा हाते ग्रिनेड विस्फोट हुँदा तीन किशोरको मृत्यु भएको हो । अरू दुई जना घाइते भएका छन् ।

काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) का अधिकारीहरूका अनुसार १३ देखि १८ वर्षका किशोरहरुको मृत्यु भएको हो । उनीहरु एक कब्रस्तानबाट फर्किएर घर जाँदै गरेको अवस्थामा विस्फोट भएको थियो ।

बाटोमा भेटेको उपकरण समातेर खेलाउने क्रममा विस्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

स्रोत : डाउन डट कम