कोरोना संक्रमणको दोस्रो लहरमा विदेशमा थप १३ नेपालीको मृत्यु

कोरोना संक्रमणको दोस्रो लहरमा विदेशमा थप १३ नेपालीको मृत्यु

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस संक्रमणको दोस्रो लहरमा पछिल्लो दुई साता विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार पछिल्ला दुई सतामा सबै भन्दाबढी साउदी अरबमा ७ जना, भारतमा ५ जना र कतारमा १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको छ ।

संघले संकलन गरेको पछिल्लो तथ्यांकानुसार भारतसहित विश्वभर २८ मुलुकमा अहिलेसम्म ४ सय ३५ जना नेपालीको कोभिड १९ का कारण मृत्यु भैसकेको छ ।

सापकोटाका अनुसार अहिलेसम्म विभिन्न ५४ देशमा १ लाख १० हजार १ सय ९६ जना नेपालीमा संक्रमण देखिएको छ । ती मध्ये १ लाख ६ हजार ८ सय २३ हजार नेपाली संक्रमण मुक्त भएका छन् ।