स्वास्थ्य सामग्री लिएर आज पनि अमेरिकी जहाज काठमाण्डौ आउँदै

स्वास्थ्य सामग्री लिएर आज पनि अमेरिकी जहाज काठमाण्डौ आउँदै

 कोरोना महामारीविरुद्धका स्वास्थ्य सामग्री लिएर आज पनि अमेरिकी कार्गो जहाज काठमाण्डौ आउने भएको छ।

सिल्क वे एअरलाइन्सको कार्गो जहाज दिउँसो सवा १ बजे काठमाण्डौ आइपुग्ने तालिका रहेको छ । अमेरिकी सहयोग नियोग यूएसएआईडीको सहयोग र समन्वयमा स्वास्थ्य सामग्री काठमाण्डौ आउन लागेकाे हाे।

हिजो पनि जहाजले पीसीआर टेष्ट किट, सर्जिकल मास्क, फेस सिल्ड, पञ्जा, भेन्टिलेटर तथा अक्सिजनसँग सम्बन्धित सामग्री काठमाण्डौ ल्याएको थियो ।

पछिल्ला तीन हप्तामा अमेरिकाले नेपाललाई डेढ अर्ब रुपैयाँभन्दा धेरै बराबरको सहयोग गरेको जनाएको छ । यूएसएआईडीले अक्सिजन उत्पादन प्रणालीहरू मर्मत गर्न पनि मद्दत गरिरहेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले नेपालको लागि द्रुत सहयोग गरिरहेको र अहिलेसम्म नेपाललाई  कोरोना विरुद्ध  लड्न साढे पाँच अर्ब रुपैयाँभन्दा धेरै रकम बराबरको सहायता प्रदान गरिएको बताउनुभएको छ ।