थप माग पूरा नभए ४ बजे राजीनामा गर्ने माधव नेपाल पक्षको चेतावनी

थप माग पूरा नभए ४ बजे राजीनामा गर्ने माधव नेपाल पक्षको चेतावनी

नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले आफ्ना माग पूरा गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीवार दिउँसो ४ बजेसम्मको अल्टिमेटम दिएको छ ।

स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ४ जना नेताको कारबाही फुकुवा गरे पनि पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने नेपाल पक्षीय नेताहरूको माग छ । कारबाही फुकुवाले मात्रै समस्या समाधान नहुने भएकाले नयाँ गठन गरिएका कमिटी र खोसिएका जिम्मेवारी पुरानै अवस्थामा रहने ग्यारेन्टीको माग गरिएको नेता भीम रावलले जानकारी दिनुभयो ।

माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकाले बैठकले कारबाही फिर्ताको निर्णय गरेको हो ।

४ बजेसम्म माग पूरा नभए राजीनामा दिने रावलको चेतावनी छ ।