भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौं – भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ । उनमा केही समयअघि कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

मुखर्जीका छोरा अभिजितले आफ्ना पिताको निधन भएको बताएका छन् ।

कोरोना देखिएका मुखर्जी पछिल्लो समय कोममा थिए। उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको हो ।