नारायाणी पब्लिक स्कुलमा बक्तित्वकला प्रतियोगिता सम्पन्न

नारायाणी पब्लिक स्कुलमा बक्तित्वकला प्रतियोगिता सम्पन्न


भरतपुर ११ स्थित नारायणी ईंग्लिश पब्लिक मा.वि मा बुधवार बक्तित्वोकला प्रतियोगिता सम्पन्न भएको हो । विद्यालयका भ्ऋब् संम्योजक प्रकाश सिग्देलको सम्योजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालय संचालक समितीकी सदस्य एवम लेखाप्रमुख अनिता खनाल तथा विद्यालयका प्रचार्य बेद राज न्यौपाने द्वारा शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।


हिन्दू नारीहरुको आसन्न महान पर्व हरितालिका तिजको पावन अवसरमा विद्यार्थीहरुमा सांस्कृतिक भावनाको बिकास गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली नारीहरुको महान चाहाड तिज शिर्षकमा गरिएको बक्तित्वकला प्रतियोगितामा विधर्थीहरु द्वारा तिजको मौलिकपन एतिहासिकता एवम विक्रिती जस्ता समग्र पक्षमा आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।

वर्तमान बिसम परिस्थितीमा पनि जूम एपको माध्यम बाट गरिएको उक्त कार्यक्रममा उल्लेख्य विद्यार्थीहरुले सहभागीता जनाएका थिय ।


दुई छुटाछुट्टै समुहमा बिभाजित बनाई गरिएको प्रस्तुत कार्यक्रममा समुह एक मा कक्षा छ र सातका विद्यार्थीहरु बिच प्रतिस्प्रधा गराइको थियो भने समुह दुईमा कक्षा आठ र नै का विद्यार्थीहरु बिच प्रतिस्प्रधा गराइएको थियो ।

यसरी जोडदार प्रतिस्प्रधाका साथ सम्पन्न यस कार्यक्रममा समुह एक बाट एलिजा सिक्देल , सौरभी हमाल तथा सोनपरी लामा क्रमश प्रथम,दितिय र त्रितिय स्थान हासिल गर्न सफल भएका थिए। त्यस्तै समुह २ बाट शिखा सेढाई र अपेक्षा वाग्ले क्रमश प्रथम तथा दितिय स्थान हासिल गर्न सफल भए भने दिक्षा ढकाल तथा रोजिना रानाभाट दुबैले त्रितिय स्थान हासिल गर्न सफल भए।

उक्त कार्यक्रमको निर्णायक मण्डलमा यसै बिद्यालयका नेपाली बिभाग प्रमुख दीपेन्द्र घिमिरे,शिक्षक दीपेन्द्र पौडेल तथा शिक्षिका अन्जु पन्डित रहनुभएको थियो भने परिक्षा प्रमुख नबिन बगालेद्वारा कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।