सक्रमित मेसुसंगै थिय नगर प्रमुख र सिडियो

सक्रमित मेसुसंगै थिय नगर प्रमुख र सिडियो

पुर्बि चितवनको चार वटा नगरपालिकामा पनि आज राति १२ बजेबाट निषेधाज्ञा लागु गरियको छ । कोरोना संक्रमितहरु बढ्दै गयपछि पुर्बि चितवनका राप्ति , कालिका , रत्ननगर र खैरहनि नगरपालिका भित्र निषेधज्ञा लागु गर्न लागियको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारि दिनुभयको छ ।

यसअंघि आज बिहानै मात्रै चारैवटा नगरपालिकाका प्रमुखहरु बिच छलफल समेत भयको थियो । गररपालिकाले गरेका निर्णय प्रमुख जिल्ला अधिकारि नारायण प्रसाद भट्टराईलाई जानकारि गराइको वनले बताउनुभयो ।

अब आज राति १२ बजेदेखि भदौ ७ गतेसम्मको लागि निषेधज्ञा लागु हुनेछ । यसबारे जिल्ला प्रशासन कार्यलयले सार्बजनिक सुचना निकालेर त्ससम्बन्धि जानकारि गराउने छ । पछिल्लो समय पुर्बि चितवनमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको छ ।

भरतपुर अस्पतालका मेसु डा.तिवारीसहित तीन जना चिकित्सकलाई कोरोना संक्रमण

यसै बिच यता भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारिलाई पनि कोरोना पुष्टि भयको छ । उनि संगै ३ जना चिकित्सक सहित थप २८ जनामा कोरोना पुष्टि भयको छ । जसमध्ये २७ जना चितवनका रहेका छन् भने बांकि १ जना सर्लाहिकि महिला रहेकि छन् ।

मेसुसँगै वैठकमा सांसद, महानगर प्रमुख र सिडिओ

भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीलाई कोरोना पुष्टि भएपछि जिल्लामा नयाँ तरंग पैदा भएको छ । मेसु डा. तिवारी समेत सहभागी भएको एक वैठकमा जिल्लाका महत्वपूर्ण व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

साउन ३० गते भरतपुर अस्पतालमै उक्त बैठक भएको हो । ३० गते अघि नै उनले स्वाव दिएका थिए । स्वाव दिएर उनी वैठकमा सहभागी थिए । गए राती रिर्पोट सार्वजनिक भएको हो ।

उक्त वैठकमा सांसद घनश्याम दाहाल, विजय सुवेदी, प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, भरतपुर महानगर प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी, मेसु श्रीराम तिवारी, क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम, पुरानो मेडिकल कलेजका डा. मनोहर प्रधान, नयाँ मेडिकल कलेजका डा. हरिश न्यौपाने, निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारी, अस्पताल विकास समितिका सदस्यहरु केशव देवकोटा, रमा घिमिरे, लगायतको उपस्थिति रहेको थियो ।

जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि अस्पतालहरुमा भेन्टिलेर, आइसीयू, आइशोलेसन वार्ड के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा वैठक आयोजना गरिएको थियो ।